चैत १८, काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको भ्यानलाई ट्राफिक प्रहरीले कारबाहीको दायरमा ल्याएको छ ।
शुक्रबार चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५२७ नम्बरको पछुवा भ्यानले राजधानीको नयाँ वानेश्वरमा बा ४५ प २९३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर भागेको थियो ।
चालक सन्तोष घिमिरेलाई महाशाखामै बोलाएर पाँच सय रुपैयाँ जरिवानाको चिट थमाएको हो । बिनाकारबाही छोडेको आरोपमा प्रहरीको व्यापक आलोचना भएपछि महाशाखाले सोमबार कारबाही गरेको हो ।
भ्यानले स्कुटरलाई ठक्कर दिएको प्रकरण सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले भ्यान चालकमाथि कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।
शुक्रबार चन्दको स्कर्टिङको पछुवा गाडीले बानेश्वरमा सन्तोष कुँवर र उनकी श्रीमती अम्बिरा कार्की सवार स्कुटरलाई ठक्कर दिएको थियो।
प्रतिक्रिया दिनुहोस