चैत १८, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश २ को एसईईको परीक्षा यही चैत २२ गते शुक्रबारदेखि सञ्चालन गर्ने भएको छ ।
परीक्षा बोर्डको सोमबार बसेको बैठकले आगामी २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।
लगातार प्रश्न पत्र बाहिरिन थालेपछि गएको शुक्रबार सरकारले रद्ध गरेको परीक्षा पुनः सञ्चालन गर्ने भएको हो । जसअन्तर्गत प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा २२ गते र सामाजिक विषयको परीक्षा २३ गते सञ्चालन हुने भएको उनले जानकारी दिए ।
अन्य विषयहरुमध्ये २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, २५ गते वेद विषय र २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उनले जानकारी दिए । २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुने सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस