पोखरा पिएन क्याम्पसबाट शहिद पुत्र प्रकाश पक्राउ


चैत १८, पोखरा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित विद्यार्थीहरुले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रधानमन्त्रीको पुत्ल जलाउने क्रममा पिएन क्याम्पस जिल्लाका अध्यक्ष, प्रकाश वास्तोला सहित तीन जना पक्राउ परेका छन् ।

प्रतिबन्धको विच नेकपा निकट बिधार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले प्रदेश न २ मा भएको योजनाबद्द एसईई परीक्षा पत्रमा भएको अनियमिता अनि पोखरा विश्वविधालयमा भएको विधार्थी परिक्षार्थीको परीक्षा स्थगित लगाएत पार्टीलाई लगाएको प्रतिबन्धको विरुद्द प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।

पिएन क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला जलाएका दुई जना विद्यार्थी पक्राउ परेका हुन् । विद्यार्थीहरुले विरोधको कार्यक्रम सकेर क्याम्पस भित्र छिरिसकेपछि पक्राउ गरेको बताएका छन् । अखिल (क्रान्तिकारी) गण्डक ब्यूरो सदस्य तथा पृथ्वीनारायण क्याम्पस जिल्लाका अध्यक्ष, सहिद बिजय वास्तोलाका पुत्र प्रकाश वास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुनलाइ पृथ्वीनारायण क्याम्पस भित्र बाट पक्राउ गरेको हो।

साथै, पत्रकार महासंघ, कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारी पनि पक्राउ परेका छन् । उनीहरु तीनैजना कास्की प्रहरी परिसरमा छन् । शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।

कास्की प्रहरी प्रमुख एसपी ओम रानाले तीनजना नियन्त्रणमा लिइएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ ।

१८ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको