चैत १८, बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन् ।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन् ।
प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आएका हुन्। प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए ।
प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको छ ।
हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस