तराईमा आँधी-हुरी वितण्डा, २० तस्बिरमा हेर्नुहोस


चैत १८, काठमाडौँ । सरकारले तराईका दुई जिल्ला बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी मृत्यु हुनेहरुको संख्या २७ जना पुगेको पुष्टि गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिए । उनका अनुसार हावाहुरीबाट २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएको हो ।

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले घर भत्काउँदा २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

हावाहुरीले कच्ची घर भत्काउँदा, पर्खाल र बिजुलीका पोल ढलाउँदा धनजनको क्षति भएको हो । घटनालगत्तै र आज बिहानैदेखि उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । घाइतेको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ ।

१८ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको