आँधी-हुरीबाट प्रभावित क्षेत्रमा उद्धारमा खट्न पार्टी पंक्तिलाई विप्लवको निर्देशन


चैत १८, काठमाडौं । आतबार बेलुका बारा र पर्सामा आएको भिषण आँधी–हुरीसहितको असिना र पानीका कारण ३५ जनाको मृत्यु भएको छ भने, ५ सयभन्दा बढि घाइते हुनुका साथै ठूलो जनधनको क्षति भएको छ ।

घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति मार्फत सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको र सम्बन्धीत घटना स्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन् ।

उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

भिषण आँधी हुरीबाट दुखत घडिमा मृतकका परिवारलाई राहत, घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबार विहीनहरुको व्यवस्थापनको माग पनि गरिएको छ । सम्बन्धित क्षेत्रको पार्टी पंक्तिलाई सबै क्षेत्रबाट सहयोग गर्न निर्देशन पनि गरेको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

१८ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको