उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन


चैत १८, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएकाे भन्दै दुःख प्रकट गरेका छन् ।

गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको ज्यान गएकाे तथा करिब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।

सोमबार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।

उनले घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतकका परिवारमा समवेदना प्रकट गरेका छन् ।

१८ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको