चैत १८, काठमाडौं । बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनु भएकाहरूमा शोक व्यक्त गर्दै शोकाकूल परिवारहरूमा हार्दिक समवेदना प्रकट गर्दछु,’ सोमवार अध्यक्ष प्रचण्डले शोक वक्तव्य जारी गर्दै भनेका छन् ‘मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारहरूमा उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’
घाइतेको उपचार जिल्लास्थित विभिन्न अस्पतालहरूमा भइरहेको छ भने प्रहरी तथा स्थानीयद्वारा राहत तथा उद्धार कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस