चैत १८, काठमाडौं । खडेरीका कारण विगतमा कृषकले दुःख झेल्दै आए पनि यो वर्ष समयमै वर्षा हुँदा कृषकमा उत्साह देखिएको छ ।
यस वर्ष चैतमा नै ‘प्री मनसुन’ सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन सुरु हुनुपूर्व हुने वर्षालाई प्री मनसुन भनिन्छ । पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यून चापीय क्षेत्रको विकासले मौसममा फेरबदल भएको महाशाखाले जनाएको छ ।
सो वायुको प्रभावले पश्चिमी तराई भेगबाहेक देशका अधिकांश भेगमा बदली हुनासाथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको उत्तर प्रदेशमा विकसित भएको न्यून चापीय प्रणालीका कारण पश्चिम, मध्यपश्चिम र सूदूरपश्चिमका विभिन्न भागका साथै मुलुकका अधिकांश स्थानमा शनिबारदेखि पुनः मौसम बदली भएको महाशाखाले जनाएको छ । राजधनी दैनिकमा खबर छापिएको छ।
प्रतिक्रिया दिनुहोस