अपडेटः तराईमा विनाशकारी हावाहुरी, २५ जनाको मृत्यु, ४०० बढी घाइते


चैत १८, काठमाडौँ । आइतबार साँझ एक्कासि आएको विनासकारी हावाहुरीका कारण पर्सा र बारामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार बारा सहितका जिल्लामा हावाहुरीका कारण अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । यस्तै उनले उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको बताएका छन् । प्रधानमन्त्रीका अनुसार सो हेलिकप्टर भोलि बिहानैबाट उद्दार र राहातमा पठाईनेछ ।

मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा “नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिएका छन् । ओलीले सुरक्षाकर्मी संगै सिंगो पार्टी पंक्तिलाई उद्दारमा जुट्न आह्वान समेत गरेका छन् ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ । अहिले पनि उद्दार कार्य जारी छ ।

हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ ।

अधिकारीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ । इँटा भट्टा, पर्खाल भत्किएर मानिस पुरिएको आशंका गरिएको छ ।

१८ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको