दाङमा तरवार प्रहारबाट एक युवा गम्भीर घाईते


फागुन १७, दाङ । दाङको तुलसीपुरमा एक ब्यक्तिमाथि तरवार प्रहार भएको छ ।

तुलसीपुर ४ रक्षाचौर निवासी अञ्दाजी २७ बर्षीय गणेश हमाल माथि तरवार प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुईतीनजनाको समूहमा आएका केही युवाहरुले हमाल माथि तरवार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । शुक्रबार दिउसो ३ बजेतिर तुलसीपुर ५ को सल्यान रोडमा हमाल माथि तरवार प्रहार भएको हो ।

तरवार प्रहार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको समेत उनले बताए । पक्राउ पर्नेमा तुलसीपुर उप-महानगरपालिका ७ डाँडापातु बस्ने बर्ष २१ को असिम सिंह राठोर रहेको प्रहरीले बताएको छ । तरवार प्रहारमा संलग्न अन्य भने फरार रहेका छन् ।

तरवार प्रहार हुनुको कारणलगायतका बिषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । तरवार प्रहारबाट हमालको टाउको, हात, खुट्टा र ढाडमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । उनको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको छ ।

उनी सल्यान रोडस्थित ट्याक्सि समितिको काउन्टरमा बसिरहेको अबस्थामा मोटरसाईकलमा आएका युवाहरुले तरवार प्रहार गरेका हुन् ।

२०७५ फाल्गुन १७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको