दाङमा अटो–रिक्सा दुर्घटना हुँदा ५ जना घाईते (नामसहित)


फागुन १७, दाङ । दाङको तुलसीपुरमा अटो–रिक्सा दुर्घटना हुँदा पाँचजना घाईते भएका छन् ।

दाङ तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको रा १ ह २१८७ नम्बरको अटो रिक्सा तुलसीपुर १० गोलौरामा दुर्घटनामा परि पाँच जना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शुक्रबार दिउसो ३ बजेतिर भएको दुर्घटनामा पनि तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३५ बर्षीया शुसिला मल्ल, उहाँकी पाँच महिनाकी छोरी समीक्षा मल्ल, तुलसीपुर ११ कै २३ बर्षीय कपिल भण्डारी, सोही वडाकै ३० बर्षीया दीपा चन्द, तुलसीपुर ५ निवासी ३९ बर्षीया मुना चन्द घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । तीब्रगतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

१७ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको