‘वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारी निर्दोष हुनुहुन्थ्यो’: प्रधानमन्त्री


फागुन १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमका वाइडबडी जहाज खरिद प्रक्रियामा दिवंगत संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् । प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजको बताए ।

प्रधानमन्त्री ओलीले भने– “यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न, अत्यन्तै अनुचित ढंगले सरोकार नभएको बिषय वाइबडीमा जोडेर केही तत्वले उहाँलाई बद्नाम गर्न खोजे, जुन निराधार कुरा हो, उहाँले कुनै लोभलालच गरेको होइन । वाइडबडीमा उहाँले केही गरेको पनि छैन, त्यो उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।”

ओलीले सत्यको उजगार हुन नदिन असत्यको हल्ला चलाइएको भन्दै गुनासो गरे । उनले भने– “नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।”

वाइडबडीमा अधिकारीलाई आरोप लगाउनु दुस्खद भएको भन्दै प्रधानमन्त्री ओलीले गुनासो व्यक्त गरे । ओलीले थपे– “मलाई दुख लाग्छ कि वहाँ जस्तो कर्मठ,क्रियाशिल मानिसलाई अनुचित ढंगले ,त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने काम पनि भयो ।”

२०७५ फाल्गुन १७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको