रोल्पाको ओत महोत्सबमा चर्चित गायिका शान्तिश्री परियार आउने


केबी गुरुङ/फागुन १७ ओत रोल्पा । ‘तितेधुरी, गैरनेटी, बल्लेजुरा, पानिखोला, ब्रहाक्षेत्र, बयाले पुरन्ते तपोवन शिवगुफा हाम्रो पहिचान, लोक संस्कृतिक धार्मिक सु-संस्कार भेषभुषा संरक्षण कृषि जलस्रोत, उचित शिक्षा समुन्नत समाज तपाई हाम्रो शान’ भन्ने मूल नारा लिएर रोल्पाको ओत मेल्डांरीमा सांस्कृतिक महाउत्सब २०७५ हुने भएको छ ।

सुशासन, समाज रुपान्तरण तथा समृद्ध समाज निर्माणका खांतिर स्थापना भएको जुनेली समाज समावेशी युवा क्लब ओत रोल्पाले बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि आफ्नो बार्षिकोत्सब मनाउने भएको हो । औपचारिक रुपमा आफ्नो स्थापना कालको एक बर्ष पूरा गर्दै गर्दा प्रथम बार्षिकोत्सव यहि फागुन २०, २१ र २२ गते भब्य सांस्कृतिक महोत्सब गरि मनाउदै छ ।

क्लबले राष्ट्रिय माध्यामिक बिद्यालय ओत मेल्डांरी संग साझेदारी गर्दै ‘तपोवन धार्मिक पर्यटन विकास र राष्ट्रिय माध्यामिक बिद्यालय ओतमा कक्षा १२ संचालन तथा प्राविधिक शिक्षा संचालानार्थ’ विविध साँस्कृतिक महोत्सव २०७५ मनाउने भएको छ ।

महोत्सवमा चर्चित लोक गायिका शान्तिश्री परियारको उपस्थिति रहनेछ । त्यसैगरि अन्य कलाकारहरु हरि डि.सि., भुमसरी पुन, बिरेन्द्र खड्का (बेस्टु), पवन घर्तिमगर, सुदिप पुन लगायत अन्य स्थानीय कलाकारहरुको उपस्थित हुनेछन ।

महोत्सबका आकर्षणहरु

-राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुति
-स्थानीय कलाकार, झाँकी, आमा समुह आमा समूहको आकर्षक प्रस्तुति
-शिवरात्री फाल्गुन २० गतेको दिन स्थानीय धामी, लामा झाँक्रीहरुको होमयज्ञ तथा प्रदर्शनी
-बिद्यालयका बालबालिकाहरुको बिशेष प्रस्तुति

-शिवगुफा भित्र अबस्थित लिङ्गेस्वर महादेवको दर्शन गर्न पाइने
-तपोवन शिवगुफा भित्र बिभिद देबीदेवताहरुको प्रकृतिक आकृतिक तथा पारदर्शी ढुंगाको अबलोकन गर्न पाइने
-रोल्पा जिल्लाको सबै भन्दा ठुलो र अग्लो त्रिशुलको अबलोकन गर्न पाइने
-रोल्पा जिल्लाका विभिन्न अग्ला ठाउहरुको प्रयावरनीय दृश्यहरु अबलोकन गर्ने पाइने

भौगोलिक सुन्दरता

रोल्पा जिल्लाको पश्चिममा अबस्थित छ गंगादेव गाउँ पालिका । भरतपुर, विबाङ, राङ्जिवाङ र मगरगाउँको ठिक बीच डाँडैमा पर्छ गंगादेव गाउँ पालिका १ को श्री राष्ट्रिय माध्यमिक विद्यालय ओत मेल्डारी । रोल्पा जिल्लाको पुराना स्कुलहरुको सुचिमा पर्ने उक्त बिद्यालय वि.स. २०१९ मा स्थापना भएको हो ।

भौगोलिक हिसाबले चिटिक्क मिलेको १ न. वडा पालिकामा दलित मगर क्षेत्रीहरुको बसोबास छ । शिक्षा, स्वास्थ्य, प्रशासन, बजार लगायतका सेवा सुबिधाहरु सबैलाई पायक पर्ने ठाउँ शिवनगर/ओइतिमा अबस्थित छन ।

पानीको श्रोतका हिसाबले अत्यन्तै धनी मानिने ओतवासीहरु धेरैजसोका घर घरमा पिउने पानीको पाइप पुगेको छ, यहि वडा भित्रै छन दुइ वटा लघु जलविद्युत र झलमल्ल हुने गर्छन ओत र माडी गाउँ पालिकाको १ न. वडा पालिका केही बस्तिहरु।

ओत कृषि, पशुपालन तथा पर्यटनका हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण संभावना बोकेको ठाउँ हो । बिशेष गरेर सुन्तला, कागती, अनार, अम्बा, अलैंची, टिम्मुर, अदुवा, लसुन, स्याउ, आलु, कुरिल्लो, उखु, गहुँ, धान, मकै लगायत अन्य खाद्यान्न बालीका लागि उपयुक्त छ यो ठाउँ । ओतको माथिल्लो भु-भागमा प्रयाप्त मात्रमा जंगल तथा पशु चौपायाका लागि घास हुने भएकाले पशुपालनका लागि पनि उपयुक्त ठाउँ मानिन्छ ।

तस्बिर: लिङ्गेश्वर महादेवको तपोवन तथा गुफा

धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण संभावना बोकेको छ ओतले । लिङ्गेश्वर महादेवको तपोवन तथा गुफा रोल्पा जिल्लाकै ठूलो र अग्लो त्रिशुल, पानीखोला ब्राह क्षेत्र, बल्लेजुरा पहर, पाथिहाल्ना लामाको गुम्बा, बयाले गैरनेटी पुरन्ते जस्ता अग्ला पहाड, हृमलखोला तथा चिउरागारको चिसो पानीमा पाइने असला माछा इत्यादि यहाँका प्राकृतिक तथा मौलिक सम्पत्ति हुन ।

शिव गुफा भित्र अलौकिक आकारका ढुंगाका मुर्तिहरु, पारदर्शी ढुंगा, शिवान्जली देख्न पाइन्छ । पुरन्ते तथा पुरन्ते आसपासबाट रोल्पा जिल्लाको सबै भु-भाग, रुकुम, सल्यान, दाङ, प्युठान, बागलुङ, नेपालगन्ज, सुर्खेत लगायत अन्य धेरै जिल्लाहरुको अबलोकन गर्न सकिन्छ, खासगरि मौसम सफा रहेको रातमा सिरसिर बतास चल्ने र चारै तिर झलमल्ल बिजुली बल्ने भएकाले हेर्नुको मजा बेग्लै हुन्छ ।

जुनेली समाज समावेशी युवा क्लबको लक्ष्य र उदेश्य 

पोस्टपाटी संग कुरा गर्दै क्लबका संस्थापक तथा परदेश संयोजक महेन्द्र घर्तिमगरले भने ‘सुशासन, समृद्धि, परिवर्तन तथा विकासका लागि क्लब जन्मिएको हो, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पुलपुलेसा इत्यादि निर्माण, जनचेतना अभिवृद्धि, सु-संस्कार स्थापना र समाजमा रहेका विकृति विसंगति अन्त्यका लागि हामी राज्य संग सधै सहकार्य गरेर सहयोग गरिरहेका छौ/गर्नेछौं ।’

आधुनिक उत्पादन लाइ जोड दिंदै स्थानीय कृषकहरुलाई ब्यबसायमुखी बनाउने लक्ष्य सहित अन्तरराष्ट्रिय रोल्पाली सेवा समाज साउदीका सचिव समेत रहेका समाज सेवी युवा घर्ति भन्छन, ‘यहाँका सबै मानिस पुरानो शैलिको जिबिकोपार्जन मुखी कृषि पद्धति अपनाइ रहेका छन, यसलाई आधुनिक र व्यवसाय मुखी तरिकाको कृषिमा प्रेरित गर्न हाम्रो अभ्यास रहने छ, हाम्रा कृषि उपजहरुले बजार नपाउने समस्या छ । यदि बजार सम्म पुर्याइए पनि उपयुक्त मूल्य नपाउने समस्या छ, यसमा हामी संगठनात्मक ढंगले विशेष कदम चाल्ने छौँ ।

उक्त क्षेत्रका बालबालिकाहरुले सस्तो सुलभ र घरमै बसेर प्लस टु सम्मको अध्ययन गर्न सकुन् भनेर यही शैक्षिक सत्र ०७६/७७ देखि १०+२ संचालनमा ल्याएको बताए । प्राविधिक शिक्षा संचालनका लागि संबंधित निकाय संग पहल भइरहेको समेत घर्तीले बताएका छन् ।

साथै संयोजक घर्तिका अनुसार अबको पाँच बर्ष भित्रमा ओतलाई रोल्पा जिल्लाकै पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको छ।

(स्थानीय युवा महेन्द्र घर्तिमगरको सहयोगमा तयार पारिएको रिपोर्ट)

२०७५ फाल्गुन १७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको