मृतकका शव पूर्णरुपमा नचिनिने अवस्थामा, मन्त्री अधिकारीसहित सबैको ‘एन्टीमर्टम’ गरिने


फागुन १७, काठमाडौँ । ताप्लेजुङ जिल्लामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको लाशको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ‘एन्टीमर्टम’ गरिने भएको छ ।

सातै जनाको शव बिहीबारै उक्त अस्पतालमा ल्याइसकिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।

अन्यभन्दा यो फरक घटना भएकाले ‘एन्टिमर्टम’ गर्न लागिएको हो । ‘एन्टिमर्टम’ प्रक्रिया पोष्टमार्टम भन्दा फरक भएकाले एन्टीमर्टमा डाटा संकलन भैरहेको उक्त अस्पताल फरेन्सिक विभागका प्रमुख फरेन्सिक विशेषज्ञ प्राडा हरिहर वस्तीले जानकारी दिए ।

उनका अनुसार मृतकका शवहरु पूर्णरुपमा नचिनिने अवस्थामा जलिसकेकाले सबै मृतकका परिवार र शवको डाटा लिएपछि परिक्षण हुनेछ ।

यो दुर्घटना सडक या अन्य घटना भन्दा निकै फरक भएको र यसमा पोष्टमार्टम लागु नहुने भएकाले एन्टीमार्टममा समय लाग्ने बताउँदै डा.वस्तीले भने–जटिल खालको अवस्थामा सबै शवको प्रकृति पहिचान नहुने र पुरै डढेको अवस्थामा भएकाले शव पहिचान गर्नकै लागि डाटा लिनुपर्ने हुन्छ ।

अस्पतालका अनुसार डाटा संकलन तीब्र रुपमा भएकाले शुक्रवारसम्ममा परीक्षण प्रकृया पुरा हुन सक्ने छ ।

१७ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको