किन हुन्छ ताप्लेजुङमा उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटना ?


फागुन १७, ताप्लेजुङ । उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् ।

बुधबार पाथिभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तोरेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकप्टर दुर्घटनामा पर्यो । ताप्लेजुङमा यस्तै खालको करिब १३ वर्षअघि पनि भएको थियो । घटना दोहोरिएसँगै यसको कारण अनुमान लगाउनेहरुले अनेक बहस थालेका छन् ।

लामो समय यहाँस्थित नेपाल वायु सेवा निगमको स्टेसन इन्चार्ज भएर काम गरी अहिले सेवानिवृत्त भएका हेमन्तकुमार उप्रेतीको भनाइमा जहाज दुर्घटनामा ताप्लेजुङको आकाश बिल्कुल दोषी छैन ।

१७ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको