महिमाको काउन्टरमा पुर्वमन्त्री बस्नेतको यस्तो आयो फेसबुक स्टाटस


माघ १८, सल्यान । पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यान प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतलाई पैसा खाएको र यौन सम्बन्ध राख्न खोजेको गम्भीर आरोप लागेपछि बस्नेतले पनि त्यसको प्रतिकृया दिदै फेसबुकमा स्टाटस लेखेका छन् ।

शुक्रबार सल्यान बागचौर नगरपालिका ८ की महिमा खत्रीले पुर्वमन्त्री बस्नेतले आफुबाट ४ लाख रुपैया सापटी लिएको र फिर्ता माग्दा नदिएको भन्दै स्टाटस राखेकी थिइन् । पैसा माग्दा सांसद आफ्नो अस्मितामाथी नै गिद्दे नजर लगाएर यौन सम्बन्ध राख्न खोजेको उनले फेसबुकमा पोस्ट गरेकी थिइन् ।

त्यसको जवाफ दिदै सांसद बस्नेतले राजनैतिक रुपमा विकास हुँदै गएको आफ्नोे ब्यक्तिगत प्रोफइलबाट अत्तालिएका केहि व्यक्तिको प्रयोगमा यस्तो भएको बताएका छन् ।

मैमा कुमारी खत्री मार्फत राजनैतिक र सामाजिक चरित्र हत्या गर्नका लागि पर्दा पछाडिका पात्रहरुको बुद्धिसापटी लिएर आफ्नो निजि आर्थिक संकट टार्ने उद्देश्यमा खत्रीले यस्तो आरोप लेखेको सासंस बस्नेतले आरोप लगाएका छन् ।

यो सबै कल्पोकल्पीत आरोप भएको भन्दै उनले त्यसको पछाडी नलाग्न अपिल गरेका छन् ।

हेर्नुहोस् सांसद टेक बहादुर बस्नेतको स्टाटस जस्ताको तस्तै

आज माघ १८ गते बागचौर नगरपालिका–८, कोटमौला निवासी (हाल आर्थिक र सामाजिक रुपले बागचौरमा बस्नै नसक्ने भएर बाँके पलायन भएकी) मैमाकुमारी खत्रीद्वारा फेसबुकमा सार्वजनिक राजनैतिक र सामाजिक चरीत्र हत्या गर्ने उद्देश्यमा आधारित अभिब्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उनीसंग मेरो पहिलो भेट २०७० मा बागचौरका तोकलाल शर्माको निवासमा सपरिवार र २०७४ असोज तिर मेरो आफ्नै घरमा बागचौर नगर प्रमुखको श्रीमती सहित भेट भएको हो ।

राजनैतिकरुपमा विकासहुँदै गएको मेरो ब्यक्तिगत प्रोफइलबाट अत्तालिएर मैमा कुमारी खत्री मार्फत राजनैतिक र सामाजिक चरित्र हत्या गर्नकालागि पर्दा पछाडिका पात्रहरुको बुद्धिसापटी लिएर आफ्नो निजि आर्थिक संकट टार्ने उद्देश्यमा आधारित आरोपमा कुनै आर्थिक र सामाजिक आधार नरहेको,कुनै प्रमाण पनि नरहेको, दाविगरीएको ४ लाख रकम कपोकलपितआरोप हो ।

उनीले भनेको रकममा पनि एकरुपता नरहेको, (कतिपयसंग ७ लाख, म स्वयंमसंग ४ लाख,अरु कसैसंग ३ लाख र २ लाख फरक–फरक कुरा गर्दै गएको),सापटि दिने स्रोत नखुलेको कुन प्रयोजनकालागी भन्ने कुरा पनि नखुलेको, लेनदेन गर्दा ब्याज र कतिअवधि सम्मका लागि भन्ने कुरापनि नखुलेको आपसी समजदारीपनि नखुलेको, मेरो सापटिदाता अभिलेखमा नरहेको बरु २०७० साल देखि विभिन्न प्रयोजनका निम्ती म बाट पटक–पटक सापटि रकम भनि माग गरिरहेको अवस्था हो ।

यसरी नै सामाजिक मर्यादाबाट विचल्लीत उनले लगाएको गम्भीर आरोप शारिरीक सम्बन्धको विषय मेरो सोच बाहिरको कुरा हो र यस्तो खालको निच ब्यवहार म कल्पना पनि गर्न सक्दीन । यो पनि आधारविनाको माथि उल्लेखित रकमको ढाकछोप गर्ने अस्त्र मात्र हो ।

आज नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको पार्टी कार्यालय उदद्याटन हुनु, बैठक बस्नु, सदरमुकाममा खुला कार्यक्रमहुनु र आजको दिनमै सामाजिक संजाल मार्फत यो मिथ्या आरोप सार्वजनिक गरिनु कुनै संयोग नभएर पर्दापछाडिबाट रचिएको सुनुयोजित, राजनैतिक चरित्र हत्या गर्ने गुरुयोजना बाहेक अरु केही होइन, मुल बाटो र राजनैतिक तरिकावाट सामुन्ने आउन नसक्ने अराजनैतिक तत्वहरुको अराजनैतिक क्रियाकलाप हो ।

राजनैतिक नेता, कार्यकर्ता, सुभचिन्तक–समर्थक तथा आम जनसमुदायमा यस्ता खालका कुप्रचार र मिथ्या आरोपका पछाडि नलाग्न हार्दिक अपिल गर्दछु ।

१८ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको