हामीमाथि दमन गरे ओली-प्रचण्डलाई पनि हत्कडी लगाउँछौं: अध्यक्ष ढकाल


माघ १८, काठमाडौं । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले वर्तमान सरकारले प्रहरी लगाएर अपहरण शैलीमा बिद्यार्थी नेता नरेन्द्र विश्वकर्मालाई गिरफ्तार गरेको आरोप लगाएका छन् ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा संगठनले गरेकको पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । उनले भने,‘कमरेड नरेन्द्रको गिरफ्तारी प्रतिक्रान्तिको एउटा अमानवीय हर्कत हो र क्रान्तिन्तिकारीहरुलाई झुठ्ठा मुद्दा लगाएर जेल, नेल र यातना दिएपछि क्रान्तिन्तिको प्रवाहलाई रोक्न सकिने ध्येय राख्नु वर्तमान सामाजिक दलाल पुँजीवादी सरकारको दिवा सपना मात्र हो ।’

उनले सत्तामा रहेकाहरुलाई दलालको संज्ञा दिँदै उनीहरुले देशको पैसा मनोमानी हिसावले खाईरहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘हामीले स्वाधिनता र राष्ट्रको लागि गरेको काम देखि नसहने ?’

उनले विश्वकर्माको तुरुन्त रिहाईको माग गर्दे हिजो क्रान्तिकारीमाथि धावा बोल्दाको अवस्थाको स्मरण गर्न पनि सरकारलाई सचेत गराए । उनले वर्तमान सरकार विचार, मुल्य, मान्यता र आदर्शबाट पुरै विचलित भएको पनि आरोप लगाए ।

उनले भने,‘क्रान्तिकारीहरुको विरुद्ध षड्यन्त्र नगर्न हामी सरकारलाई गम्भिर चेतावनी दिन चाहन्छौँ । हाम्रा कार्यकर्ता कहाँ र कहिले पक्राउ गर्ने भनेर ढुक्ने सरकारले ताकत भए देशको सिमामा गएर देखाए हुन्छ ।’ पक्राउ परेका बि.क.लाई अविलम्ब रिहाई नगरे सरकारलाई बाटो हिँड्नमा प्रतिबन्ध लगाउने आफूहरुको आगामी कार्यक्रम रहेको पनि उनले घोषणा गरे ।

मुलुकले प्राप्त गरेको गणतन्त्र र लोकतन्त्रमा आफ्नो पार्टीको अहम भुमिका रहेको बताउँदै उनले बरु वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा कुनै भूमिका नरहेको जिकिर गरे । उनले भन,े‘हामी माथि सरकारले दमन गर्न खोजे ओली र प्रचण्डलाई हत्कडी लगाउनेछौ । लोकतन्त्र केपी ओलीको पैतृक सम्पत्ति होईन, हाम्रो बलिदानले देशमा परिवर्तन आएको हो ।’

न्युनतम प्रजातन्त्रको नियम नजान्ने सरकारले प्रजातन्त्रको वकालत गर्दे आफूहरुमाथी प्रभाव जमाउन खोजेकै हो भने बन्दुक चलाउन आफुहरुलाई पनि आउने उनले चेतावनी दिए ।

‘बिप्लव’ नेत्तत्वको नेकपा माओबादीले देशको स्वाधिनताको निम्ति र देशमा ब्याप्त भ्रष्टाचारको लागि बिरोध देखाएका कारण सरकारले आफ्नो मुल पार्टीका ठुला नेताका परिवारलाई नियोजित रुपमा फसाएर मानसिक चिन्तामात्र दिन खोजेको पनि उनको आरोप रहेको छ ।

संगठनले तुरुन्त आफ्ना कार्यकर्ताको रिहाई नगरे आगामी बिरोधका कार्यक्रमको पनि घोषणा गरेको छ । उनका अनुसार यही माघ २० गते देशभरिका शैक्षिक संस्थाहरुमा बिरोध जनाउने, माघ २२ गते देशभरिका पार्टी कार्यकर्ता सडकमा उतार्दै विरोध सभाको आयोजना गर्ने, माघ २३ गते मसाल जुलुस निकाल्ने र माघ २४ गते देशभरिका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने कार्यक्रम रहेका छन् ।

भिडियो हेर्नुहोस ! 

२०७५ माघ १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको