कम्युनिष्ट सरकार विरुद्ध नेविसंघ सानोठिमी इकाईको प्रदर्शन


माघ १८, भक्तपुर । कम्युनिष्ट सरकार विरुद्ध नेविसंघ सानोठिमी एकाइले माघ १८ गते (आज)  सानोठिमी क्याम्पस अगाडी प्रदर्शन गरेको छ ।

कञ्चनपुरमा बलत्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्त र पटक–पटक स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका अनसनरत डा. गोविन्द केसीको समर्थनका लागी नेविसंघ सानोठिमी एकाइले प्रदर्शन गरेको हो ।

बिरोध प्रदशन पछि सानोठिमी क्याम्पस अगाडी  आयोजना गरेको कोण सभामा बोल्दै विद्यार्थी नेताहरुले वर्तमान दुई तिहाइको सरकारले हत्या हिंसा अत्यन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय कोषाध्यक्ष शिब रिमालले अहिलेको सरकारले जनतालाई विभिन्न वहानामा दुःख दिएको भन्दै विरोध गरेका थिए । उनले हरेक परिवर्तनमा काँगेस र काँग्रेसका भातृसंघ संगठनहरुले महत्व पूर्ण भुमिका खेलेको भन्दै हिजो राना, राजासंग अन्याय र अत्याचारका विरुद्ध लडेको नेविसंघ अब चुप लागेर नबस्ने बताए ।

कार्यक्रममा नेबिसंघ भक्तपुर जिल्ला अध्यक्ष बद्रि थापा, त्रिभुवन विश्वविद्यालयका पूर्व सभापति मानिस सिजापतिले वाईडवडी प्रकरणका दोषीलाई कारबाही, प्राध्यापक डाक्टर गोबिन्द केसी सँग गरिएको सम्झैता कार्यान्वयन, निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न दोषिलाई कारबाहीको माग गरेका थिए । कार्यक्रमको सहजीकरण नेबिसंघ सानोठिमी क्याम्पसका सभापति सतिस श्रेष्ठले गरेका थिए ।

२०७५ माघ १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको