विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर (सुचिसहित)


माघ १८, काठमाडौं । विदेशी मुद्राको विनिमय दर दैनिक परिवर्तन हुन्छ। विदेशबाट पैसा पठाउँदा मुद्राको दरको बारेमा जानकारी भए आफूले पठाएको पैसा कति हुन्छ भन्ने अन्यौल रहँदैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार बुधबार अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ।

युरोको खरिद मूल्य १२९ रुपैयाँ ७१ पैसा, बिक्री मूल्य १३० रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै युके पाउण्ड स्टर्लिङको खरिद मूल्य १४८ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ५१ पैसा कायम भएको छ।

साउदी रियालको खरिद मूल्य ३० रुपैयाँ २६ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ४२ पैसा रहेको छ, भने कतारी रियालको खरिद मूल्य ३१ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ३१ रुपैयाँ ३३ पैसा कायम छ।

त्यस्तै युएइ दिरामको खरिद मूल्य ३० रुपैयाँ ९० पैसा र बिक्री मूल्य ३१ रुपैयाँ ०६ पैसा रहेको छ। मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २७ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य २७ रुपैयाँ ७८ पैसा तोकिएको छ।

बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

२०७५ माघ १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको