देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प


माघ १८, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारेको जनाएको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं पटक अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक बिहानैदेखि सबै सेवा बन्द गरिएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए।

यसअघि देशभरका अस्पताल हातामा चिकित्सकहरू रिले अनशनमा बसेका थिए । तर सरकारले कुनै सुनुवाइ नगरेकाले कडा संघर्षमा उत्रनुपरेको चिकित्सक संघको भनाइ छ ।

चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरिएकाे जनाएको छ।

संघले केसीको जीवन रक्षार्थ देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थामा सञ्चालन गरेको रिले अनशन लगायतका कार्यक्रमलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा छन् र उनी अनशन बसेको २४ दिन भएको छ ।

२०७५ माघ १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको