दाङमा ५ वर्षीया बालिका बलात्कार आरोपमा १८ वर्षीय युवक पक्राउ


माघ १८, दाङ । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दाङमा एक किशोरलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं २ रामपुरका १८ वर्षीय मुकेश विकलाई प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं ४ की ५ वर्षीया बालिकालाई गएको शनिबार घर नजिकैको खोलामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका विकलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१८ को दफा २१९ बमोजिम (करणी सम्बन्धी) कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिका सामान्य उपचारपछि अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

२०७५ माघ १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको