प्रदेश ५ को बिकास परिषदमा दाङका ८ जना, को-को परे ?


माघ १८, बुटवल । प्रदेश ५ सरकारले प्रदेश विकास परिषद गठन गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद गठन भएको हो । जसमा दाङका ८ जना परेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, संस्थागत सदस्यहरुमा निर्माण ब्यबसायी संघको तर्फबाट बलिभद्र राणा, राजनीतिक क्षेत्रबाट जगप्रसाद शर्मा, प्रशासनीक बिद रमेश अधिकारी, भाषाबिद मेनका पोख्रेल रहेका छन् ।

त्यस्तै आमन्त्रित सदस्यहरुमा दाङका भुगोलबिद माधव अधिकारी, उद्योग ब्यबसायी नारायण भुषाल रहेका छन् ।

परिषदमा प्रदेश सरकारका मन्त्रीहरु, सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु, स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा बिशिष्ट योगदान पुर्‍याएका २५ जना विज्ञहरु सदस्य रहने प्रदेश सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अन्य बिभिन्न निणर्यहरु समेत गरेको हो ।

१८ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको