क्लब डेजाभूका सञ्चालकको ठगी धन्दाः काठमाडौँ परिसरका एसएसपी लामा मुछिए


माघ १८, काठमाडौँ । दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना वितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरु खुलेआमरुपमा बजारमा हिँडिरहेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपियाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीकोमा गएको भए पनि प्रहरीले भने झुलाउने र अभियुक्तसँगै साँठगाँठ गरी मुद्दा दर्ता गरेको नगरेको पाइएको छ ।

प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउपुर्जी जारी गरेको भए पनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्टलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन् ।

१८ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको