प्रदेश ५ सरकारले दियो २ दिन सार्वजनिक विदा


पुस १७, बुटवल । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक विदा दिने भएको छ ।

मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिकाको अवसरमा माघ १ र २ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेश अन्तर्गत रहेको अञ्चल अस्पतालहरुको नामाकरण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ ।

सो प्रस्ताव पारित भएपछि बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल बुटवल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रहने छ ।

१७ पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको