१ वर्षमा समृद्ध नेपालको अभियान सार्थक विन्दुमा पुग्छ: प्रधानमन्त्री


पुस १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दा जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताए ।

‘निर्वाचनमार्फत् प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटकपटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् । प्रधानमन्त्री ओलीले यो अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ सहयोग रहने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन् २०१८ मा संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको भएको उल्लेख गर्दै राजनीतिक उपलब्धिको वर्ष भनेका छन् ।

१७ पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको