चाप्पेती


चाप्पेती

नसोध मलाई
मेरो प्रेमको उचाई भन्दा
झुपडी किन छोटो भयो ?
मेरो अंगालो भन्दा

ओछ्यान किन चिसो भयो ?
नदाज्नु मलाई –
मेरो सुन्दरता र मेरो आमाको कुरुपता।
मेरो सपना र कराईको तरकारी ।

मेरो बाबुको स्टकोट र तिम्रो गुलाफ।
तिमिलाई था नहुन सक्छ –
फूल र काडा एउटै जरामा हुर्किएका हुन।

दिन र रात एउटै काटामा
दगुरिरहेका छन् ।

चाप्पेती

आटेनन,हग्गी ?
मेरो साँघुरो संघारमा
छाँयाजस्तो तिम्रो परिचय

सुनामीजस्तो तिम्रो सपना
आँधीजस्तो तिम्रो वचन
आज त्यही

तिम्रो परिचय
तिम्रो सपनाहरुले
तिम्रो वचनहरुले

कालिदासको बुढिको जिवनी
पढ्न जानेको छु।

चाप्पेती

मेरो निर्मम मस्तिष्कमा
तिम्ले हानेको बम्फकको झटारोले –
हलुङगे थालको झट्याईले
फेरि एउटा उचाई

निर्माण गरेको छु ।
कसैलाई नसोधे हुन्छ
मेरो उचाईको सिढि

तिम्ले प्रहार गरेको इँटाको
टुक्राहरु नै थिए ।

२०७५ पुष १६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको