यि परेलीमा सधै भरी आँसु झरेको छ
समयले नि पटक पटक घाट गरेको छ
अशक्त भै अफन्तकै अभाबमा तड्पिंडा
आज जिउदो शरीर पनि लास बनेको छ
अठोट गरि कदम अघि चाल्न खोज्दा यहाँ
थकित बनि कदम पनि पछि सरेको छ
देख्नेले त न्यानो घाम सधै देख्ने गर्छन्
मेरो भित्री मनमा पिरको आधी चलेको छ
भत्किएर जान लाग्यो कल्पनाको पहाड
हरेक इच्छा सपना हरु मनमै मरेको छ
प्रतिक्रिया दिनुहोस