कार्तिक १४, भैरहवा । भारतीय सुरक्षाकर्मीहरू हतियारसहित नेपाल प्रवेश गरेपछि उनीहरूलार्इ नेपालीहरूले लखेटेका छन् । भैरहवाकाे सीमावर्ती क्षेत्रमा दुई भारतीय प्रहरीलाई स्थानीयले घोक्रेठ्याक गरेर धपाएका छन् ।
मनलाग्दी तरिकाले मंगलबार सुनौली नाका हुँदै दुई भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई भैरहवास्थित भन्सार कार्यालय नजिकै स्थानीयले घराउ गरेका थिए ।
सर्वसधारणले घेराउ गरेको थाहा पाएपछि नेपाली सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । नेपाल प्रहरीले भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएका थियो । आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई भारतीय अधिकारीको जिम्मा लगाइएको थियो ।
केही समय स्थानीयको घेराउसँगै स्थिति तनावपूर्ण बनेको थियो । बर्दी र हतियारसहित नेपाल प्रवेश गरेपछि स्थानीयबासी आक्रोसित बनेका थिए ।
भारतीय संचारमाध्यमले भने भारतको गोरखपुर जिल्लाका एक प्रहरी अधिकारीको सुरक्षामा ती दुई भारतीय प्रहरी नेपाली भूमि प्रवेश गरेको जनाएका छन् । ती प्रहरी अधिकारी नेपाल भ्रमणका लागि सुनौली नाका हुँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस