भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता


भदौ १५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

बिहीबार बिहान नेपाल आएका मोदी शुक्रबार साँझ स्वदेश फिर्ता भएका हुन् । भारतीय प्रधानमन्त्री मोदी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका हुन् ।

बिहीबार बिमस्टेक सम्मेलनमा सम्बोधन गरेका मोदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता, रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सम्झौता–पत्रमा हस्ताक्षर, पशुपति क्षेत्रमा भारत सरकारले निर्माण गरेको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन र पशुपतिनाथको दर्शन गरेर स्वदेश फिर्ता भएका हुन् ।

मोदीलाई बिदाइ गर्न उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव त्रिभुवन अन्तराष्ट्रिय विमास्थल पुगेका थिए । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मोदीलाई स्वागत गरेका थिए ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको