लुम्बिनीले गौतम दियो, भारतले बुद्ध दियो: मोदी


भदौ १५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले देखाएको बाटो आज विश्वका अतिवाद र आतंकवादजस्ता समस्या समाधानको प्रेरणा स्रोत भएको बताएका छन् ।

पशुपतिको प्राङ्गणमा निर्मित धर्मशाला उद्घाटनपछि सम्बोधन गर्दै मोदीले काठमाडौँको गल्लीमा हिन्दु र बौद्ध धर्मावलम्बीबीच रहेको मेलमिलाप देखिने गरेको बताए। मोदीले लुम्बिनीले गौतम दिएको बोधगयाले बुद्ध दिएको तर्क गरे।

‘नेपालको लुम्बिनीले दुनियाँलाई गौतम दियो । भारतको बोधगयाले बुद्ध दियो’, मोदीले भने, ‘गौतम बुद्धले देखाएको बाटो आज अतिवाद र आतंकवादको जस्ता दुनियाँका अनेक समस्या समाधान हल गर्ने प्रेरणा स्रोत हो ।’

मोदीले काठमाडौँको पशुपतिनाथ बौद्ध आस्थाका केन्द्रले घेरिएकोमा खुसी व्यक्त गरे । मोदीको सम्बोधन अघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बनी भ्रमणका लागि मोदीलाई निम्तो दिएका थिए । मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गरेको उल्लेख गर्दै ओलीले समय मिलाएर छिटो भन्दा छिटो लुम्बिनी आउन निम्तो दिए ।

‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी बुद्धजिम विश्व मुहान हो’, ओलीले भने, ‘त्यसलाई हाम्रा मित्रराष्ट्र भारतबाट हामीले समर्थन र सहकार्य पाउने विश्वास लिएको छु । यहाँको छिट्टै लुम्बिनी भ्रमण हुनेछ भन्ने आशा लिएको छु ।’

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको