राज्यको दमनविरुद्ध कालिकोटमा नेकपाको अभियान शुरू


भदौ १५, कालिकोट । राज्य दमन बन्द गर, गिरफ्तार प्रवक्ता क. प्रकाण्डको विना शर्त रिहाई गर – संगठन सुदृढ़िकरण तथा विस्तार लेखेको रातो ब्यानर सहित नेपाल कम्युनिस्ट पार्टी कालिकोटले ४ महिने अभियान सुरु गरेको छ ।

भाद्र १ गतेदेखि पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चार महिने अभियान संचालन गरेको कालिकोटले राता टिसर्ट लगाएका युवाहरुले गाउँगाउँमा मार्चपास गरिरहेका छन् ।

अभियानको क्रममा संगठन विस्तारसँगै जनताको काममा सहभागी हुने, सहिद, बेपत्ता र जनयुद्धका घाइते परिवारको काममा सहभागी हुने, स्थानीय भ्रष्टाचारी, कालोबजारीलगायत समाज विरोधी काम गर्नेलाई जनकारवाही गर्ने बताइएको छ ।

‘राज्य दमन बन्द गर, प्रतिरोध संघर्षलाई अगाडि बढाऔं’ राज्यद्वारा गिरफ्तार सम्पूर्ण नेता तथा कार्यकर्तालाई रिहाई गर, लेखिएका ब्यानर बोकेर नेकपाका कार्यकर्ता तथा समर्थक गाउँगाउँ पसेका छन् ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस