विमानस्थलबाट फर्काइएका पूर्वलडाकु विष्टद्वारा सर्वोच्चमा रिट दायर


भदौ १५, काठमाडौं । थाइल्याण्ड जान लाग्दा त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वलडाकु लेनिन विष्टले सर्वोच्चमा रिट दायर गरेका छन् ।

थाइल्याण्ड जानबाट रोकेर संविधानले दिएको स्वतन्त्रताको हक र समानताको हक उलंघन भएको भन्दै उनले आफूलाई रोक्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको पत्र बदर गरी विदेश जानबाट नरोक्न आदेश जारी गर्न माग गरेका छन् ।

विष्टले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका विशेष सल्लाहकार सूर्य सुवेदी पथिक, अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

भदौ ८ गते त्रिभुवन विमानस्थलबाट थाइल्याण्ड जान लाग्दा विष्टलाई अध्यागमनका कर्मचारीहरुले राहदानीमा प्रस्थानको छापमा रद्द गरिएको छाप लगाई बोर्डिङ पाससमेत खोसेका थिए ।

अध्यागमनले थाइल्याण्ड कार्यक्रममा जान लागेकोमा जुन कार्यक्रममा जान लागेको हो त्यस विषयमा संवद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस र स्वीकृति नदेखिएकोले प्रस्थान अनुमति नदिएको’ ब्यहोरो उल्लेख गरेर निवेदन दिएको थियो ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको