भदौ १५, काठमाडौँ । साउदीमा जेलजिवन बिताइरहेका गोर्खाका कुमार राना मगरलाइ जनप्रगतिशिल मंच साउदिले सहयोग रकम हस्तान्तरण गरेको छ।
उक्त रकम सामाजिक अभियान्ता नबराज गिरि मार्फत कुमार राना बचाउ अभियानका संयोजक कृष्ण प्रसाद ढकालको रोबहरमा कुमार रानाकि श्रीमती अम्बिका राना मगरलाइ गत बुधबार २९ अगस्टमा ८७ हजार रकम हस्तान्तरण गरिएको हो ।
राना मगर साउदीमा गाडी चालकको रुपमा काम गर्दै आएका थिए । उनले चलाएको गाडीमा साउदी स्थानीय नागरिक ठोक्किएर सक्त घाइते भएपछि निज घाइते साउदी नागरिकको हस्पिटलमा उपचार भैरहेको छ भने कुमार राना मगर बिगत एक बर्ष देखि साउदि जेलमा कष्टकर जीवन कताइरहेका छन।
घाइते साउदी नागरिकले उपचार खर्च रकम मागेपछी देश बिदेशबाट कुमार राना बचाउ अभियान चलाएर आर्थिक सङकल्न भैरहेको छ ।
समाजसेबी एबम जनप्रगतिशिल मन्च साउदीका महासचिव बाबू लाल बुदाले सहयोगी मनहरुलाई आभार ब्यक्त गर्दै धन्यवाद समेत दिएका छन।
प्रतिक्रिया दिनुहोस