कञ्चनपुरमा फेरि किशोरीमाथि सामूहिक बलात्कार


भदौ १४, काठमाडौँ । गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि एक अर्की किशोरीमाथि सामूहिक बलात्कार भएको घटना आएको छ ।

बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले जानकारी दिए । किशोरीका आफन्तले बेल्डाडी प्रहरीमा उजुरी दर्ता गराएका छन । उक्त उजुरीमा चार जनाले सामूहिक बलात्कार गरेको उल्लेख गरिएको छ ।

उनले चार जना युवकले किशोरीको बलात्कार गरेको भन्दै उजुरी परेको र घटनालगत्तै ति चारै जना फरार रहेकोले खोजी कार्य तिब्र पारीएको जानकारी दिए । प्रहरीका अनुसार बिहिबार राति किशोरीको घरमा पुजा थियो । सोही मौका छोपेर ति किशोरीलाई युवकले सडकमा बोलाएका थिए ।

त्यसपछि ति युवकले मोटरसाईकलमा राखेर जबदिया गाउँ लगेर सामुहिक बलात्कार गरेको बताइएको छ । घटनाबारे बुझ्न कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायत आफै बेल्डाडी गएका छन् ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको