अाेप्पाे एफ नाइन नेपालमा सार्वजनिक, कति छ मुल्य ?


भदौ १५, काठमाडौँ । सेल्फि एक्सपर्ट अाेप्पाे एफ नाइन सार्वजनिक भएकाे छ ।

बुधबार काठमाडौमा अायाेजित एक कार्यक्रमका बिच उक्त माेबायल सार्वजनिक गरिएको हाे । अाेप्पाे एफ नाइनमा हतारकाे समयमा ५ मिनेट चार्ज गरेर पनि २ घण्टा सम्म कुरा गर्न सकिने छ ।

युवा पुस्ताकाे माेबायल प्रतिकाे फेसन र स्टाईल अनुसार यश माेबायलमा ग्राडियन्ट कलर समावेश गरिएको छ।प्रत्येक्ष सुर्यकाे प्रकाशमा राख्दा पनि बहुमुल्य रत्न र पानी झै चम्किने जनाएको छ।यसमा ३ हजार ५ सय एमएएच काे ब्याट्री राखिएकाे छ ।

स्मार्टफाेन ६ दशमलव ३ इन्च (वाटरड्रप स्क्रिन) मा डिजाइन गरिएको छ । अाेप्पाे एफ नाइन बजारमा दुई फरक क्षमताका साथ अाएकाे छ । ४ जिबि र्याम रहेकाे मूल्य ४१ हजार ५ सय ९० र ६ जिबी र्याम रहेकाे मूल्य ४५ हजार ५ सय ९० रुपैयाँ राखिएको छ ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको