दाङमा यसै वर्षदेखि ४० वटा विद्युतीय बस सञ्चालन हुन्छन: मुख्यमन्त्री पोखरेल


पुस १५, दाङ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा यस आर्थिक वर्षदेखि विद्युतीय बस सञ्चालन हुने बताएका छन्।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै पोखरेलले दाङको स्थानीय रुटमा ३०–४० वटा विद्युतीय बस सञ्चालन गर्ने बताएका हुन्।

दाङलाई वातावरणमैत्री बनाउन प्रदेश सरकारले स्थानीय तहहरुसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने उनले बताए। पोखरेलले परम्परागत ढंगबाट अब तुलसीपुरलाई स्मार्ट सिटी बनाउन नसकिने बताए।

साथै शहरलाई व्यवस्थित गर्न स्तरीय सडक, घरहरुको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारको बारेमा योजना, खोलाको किनारको वस्ती व्यवस्थित लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका छन्।

२०७५ पुष १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको