देशका युवाहरु बेचेर रेमिट्यान्सले देश चलाउने ध्याउन्नमा छन्, गणतन्त्रवादी नेताहरु !


बालाराम मैनाली । भन्नेले भनिदिए, गरे के हुदैन र स्वदेशमा भनेर । हुन त मैले पढेर कक्षा १० पास गरे, १२ सकेर एमए पनि गरे । अनि एकथान प्रमाण पत्र हातमा फुत्त आयो ।

जब प्रमाणपत्र बोकेर सपनाहरु ब्युझाउदै जागिरका लागि राजधानी देखि शहरका सडक गल्लि चारै तिर दौडधुप गरे ।

अहँ मेरो १५ बर्ष खर्चेर पाएको प्रमाण पत्रले काम गरेन ।

त्यहाँ त प्रमाण पत्रको सट्टामा नगदी घुसपैठ चल्दो रहेछ । राजनीतिक पावर चल्दो रहेछ । त्यसमा पनि अझै नातागोतामा नजिक पर्ने भए अझै चान्स मिल्दो रहेछ ।

पढ्न छाडेर राजनीतिको झण्डा र झोला बोकेको कति बर्ष भयो ? जागिर खान त्यसको योगदानको कदर हुँदो रहेछ ।

स्कुल पढ्दा राजनीति गर्योकी पढाइ बिग्रन्छ भन्ने सुनेर, दायाँ बाया कतै नलागी टुप्पी कसेर पढे । तर म अहिले आएर उल्लु भए । मत चम्चागिरि तिर लाग्नु पर्ने रहेछ । एउटा हातमा पाठ्य पुस्तक आर्को हातमा राजनीतिको झोला बोक्नु पर्ने रहेछ ।

मर्नेगरी किताव नघोकेर बरु राजनीतिक पार्टीका नारा जुलुस तिर सामेल भएको भए, आज कुनै कमाउनिष्ट नेताको कम्तिमा प्रेस सल्लाहकार त हुन्थे । अलि अलि कलम चलाएर दुई/चार अक्षर लेखन जो जानेको थिए, कसो नदिन्थे होला र !

देशमा बस्न दक्ष प्रमाण पत्रले काम नगरे पछी अब बिकल्प खोज्नै पर्यो । आफु बाँच्नु छ । परिवारलाई पनि पाल्नु छ । उमेर बढ्दै जाँदा जिम्मेवारी बढ्दै छ ।

त्यहि भएर आँखा चिम्लेर खाडी उडे म सररर । म मात्र होइन लाखौ युवाहरु यसरि नै उडे परदेश ।

उस्तै ब्यथा बोकेर लाखौ युवाहरु दैनिक खाडीतिर लाग्दा देश नै युवा बिहिन बनेर रित्तिएको छ । गाउँमा मर्दापर्दा मलामी जाने मान्छे छैनन् । शहरमा पकेटमार भन्दा अरु छैनन् ।

युवाहरुको मत पाएर नेता भएको मन्त्रीले देशलाई अझै रित्तो पार्न जापानमा कामदार भिसा खोलेको छ रे । अनि भन्छ रे एतिहासिक काम गरे ।

बिदेशिएका युवाहरुलाई स्वदेश फर्काउने नेताहरुको भाषण कहाँ गयो ? युवा बेचेर रेमिट्यान्समा भत्ता पकाउन पल्केका सत्रुहरु !

देशमा पढेर आर्जन गरेको शैक्षिक प्रमाण पत्र घरको थोत्रो बाकसमा देशका लागि केहि योगदान नदिइ किरा पर्न थालेको छ । हाम्रो रेमिट्यान्स हसुरेर नेताले आफ्ना छोराछोरीहरु अमेरिकामा पढाउ छन् ।

कठै अमेरिकामा पढेको शिक्षा देशको माटो सुहाउदो कसरि हुन्थ्यो र ! त्यसले त साम्राज्यवादको गुलाम गर्न पो सिकाउदो रहेछ।

हिजो भारत, अमेरिका, रसिया पढेका बढेमान नेताहरुले गुलामी मानसिकताबाट देश हाँक्दा आज नेपाली जनताले बिदेशीको हेपाई भोगिरहेका छन् ।

यो ब्यबस्था र ब्यबस्था भित्रका नेतालाई आर्यघाट नलगे सम्म सुखी नेपाली समृद्ध नेपालि केपी ओलीका चुटकिला बनेर नेपाली जनताको भबिस्य चकनाचुर पार्ने छन् ।

२०७५ पुष १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको