जनतालाई झुक्याएर रोल्पाली नेताहरु राजधानीमा मोजमस्ती गर्दैछन् :चुडामणि ओली ‘आदर्श’


पौष १५, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य तथा केन्द्रिय न्याय बिभाग प्रमुख चुडामणि ओली ‘आदर्श’ले रोल्पाका पुर्व-माओबादी नेताहरुले जनतालाई झुक्याएर मोजमस्तीमा लागेको बताएका छन् । रोल्पाको गंगादेव गाँउपालीका स्थित सुखाओढारको चौतारा डाँडामा आयोजित नेकपाको जनसभामा बोल्दै नेता ओलीले बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिमा रहेका ओलीले रोल्पाली पुर्वमाओवादी नेता बर्षमान पुन, नन्दकिशोर पुन, कृष्णबहादुर महरा र ओनसरी घर्ती लगायतका नेताहरुले राजधानीमा जनताको करबाट महलमा मस्ती गरिरहेको बताए ।

गृहजिल्ला रोल्पा भुलेर उनीहरु राजधानीमै रमाई रहेको बताउदै जन्मथलो रोल्पा आउनु परेपनि प्रहरीको सहाराबिना आउन नसक्ने भएको बताएका थिए । प्रहरी प्रशासनलाई मनोमानी दुरुपयोगगरि जनतालाई दमन धरपकड गर्न उत्रिएको जनाएका थिए ।

शनिवार आयोजित जनसभालाई सम्बोधनको क्रममा बर्षमान पुन लगायतका नेताहरुले केहि दिनअघि नेकपाले रोल्पामा गरेको एक सांस्कृतिक कार्यक्रमलाई बिथोल्न प्रहरी प्रयोग गरेको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिएका थिए । उनले भने ‘बरु जनता संग बसेर छलफल गरौ तर पुलिस लगाएर किन दमन गर्न खोज्दै छौ ?’

उनले एक फरक प्रसंगमा बोल्दै भने, ‘राज्यले दिएको शहिद परिवारको पैसाले आमाबाबाको उपचार गराइरहेका छु, सहिदको राहत लिएकोमा प्रचन्डलाई पिर परेको हो भने फिर्ता लगे हुन्छ’ ।

कार्यक्रमका अर्का अतिथि रोल्पा जिल्ला सेक्रेटरी शन्तोष सुवेदीले गंगादेव गांउपालिका अध्यक्ष वीर बहादुर केसिले आफन्त र आफ्ना निजि मान्छेहरुलाई जागिर खुवाउने थलोको रुपमा गाउँपालिका कार्यलयलाई दुरुपयोग गरेको गम्भीर आरोप लगाएका थिए । उनले भने ‘विगतमा लोदचौरको विद्यालयमा निस्पक्ष शिक्षक छनौट गरिरहेको अवस्थामा, आफ्नो श्रीमतिले नाम ननिकालेपछी परिक्षाका सम्पुर्ण कापिहरु आगो लगाइ पुन: जिल्ला शिक्षा कार्यलयमा परिक्षा वनाएर चलखेलगरि आफ्नो श्रीमतिलाइ जागिर खुवाए’ । के यहि हो जनताको ब्यबस्था ? उनले प्रश्न गरे ।

बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समिति अध्यक्षलाई समेत झुक्याएर आफ्ना नजिकका व्यक्तिहरुलाई जागिर खुवाउने प्रयत्न गर्दा सर्बोच्चमा समेत मुद्दा चलेको बताउदै सुकिदह (गंगादेव) बासि सचेत हुन समेत नेता सुबेदीले आग्रह गरेका थिए ।

शिक्षक छनौट बिबादित बिषयलाई सर्बोच्चले कुनै पनि प्रक्रिया नबढाउन आदेश गरेको बेला प्रमुख खत्रीले भने विद्यालयका प्रधानाध्यापक र बिब्यस अध्यक्षलाई शिक्षक नियुक्ति गर्न दवाव भैरहेको जनाउदै, उनले भने यदि सर्बोच्चको फैसला बिना शिक्षकहरु नियुक्ति भए अदालतको मानहानीको मुद्दा स्वयं विद्यालय अध्यक्ष र प्राध्यापकध्यापकलाइ नै मुद्दा लाग्ने हुँदा, उनीहरुलाई नै फसाउन प्रमुखले गम्भीर षडयन्त्र गरेको हुँदा यसप्रति सचेत हुन् अनुरोध गरेका छन् । उनले भने ‘प्रमुख बिर बहादुरले बिब्यस अध्यक्ष र बिद्यालय प्रधानाध्यापकलाई फसाउने गम्भीर खेल खेलेका छन् सचेत रहनुहोला’ ।

प्रमुख खत्रीले योजना निर्माण गर्दा पनि सार्बजनिक सुनुवाई नगरेको र आफ्ना नजिकका मान्छेहरुलाई उपभोक्ता समितिमा बनाउदै योजनामाथि चलखेल गरेको सुबेदीले आरोप लगाएका थिए । सुबेदीले चेतावनी दिंदै भने, ‘वीर बहादुर तिमि जति सक्यो छिटो सच्चेउ, होइन भने जन्ताले तिम्रो लागि एकदिन सोच्नै पर्ने छ, त्यो दिन तिम्रा लागि दुखद दिन हुनेछ’।

गंगादेव गाँउपालिका सेक्रेटरी टोपबहादुर डाँगीको सभापतित्वमा भएको कार्यक्रमलाई बिपिनले संचालन गरेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा समाजसेवी तथा वयवृद्द गंगाराम डाँगी, नेकपा गंगादेव गाउँपालिका इन्चार्ज सुन्दर ओली लगाएत रहेका थिए ।

रोल्पा जिल्ला जनसरकार प्रमुख तथा नेकपा गाउँपालिका इन्चार्ज लाल बहादुर ओली ‘विश्व’ले जनसभालाई मन्तब्य द्वारा स्वागत गरेका थिए ।

कार्यक्रमको बीच बिचमा जलजला सांस्कृतिक परिवारले संस्कृतिक प्रस्तुतिहरु दिएको थियो । सुकिदहबासीको उत्साहजनक सहभागिता रहेको नेकपा सुकिदहले जनाएको छ ।

२०७५ पुष १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको