भारतीय विमानस्थलबाट विदेश उड्न नेपालीलाई झमेलै झमेला


पुस १५, नयाँदिल्ली । नयाँदिल्लीमा एमबीबीएस अध्ययनरत सुरभी थापा युगाण्डा जान शुक्रबार बिहानै इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल पुगिन् ।

भारतीय अध्यागमन अधिकारीहरुले उनलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ बिना उड्न नसक्ने भन्दै फर्काइदिए । जसाेतसो नेपाली दूतावासबाट एनओसी बनाएर उनी सोमबार मध्यराती उनी कम्पाला उडिन् ।

भारतबाट तेस्रो मुलुक उड्न खोजिएका नेपालीलाई विमानस्थलबाट फर्काइएको यो पहिलो घटना होइन ।

यसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुक अध्ययन गर्न जाने विद्यार्थी समेत छन् । भारतका विमानस्थलबाट तेस्रो देश उड्दा काठमाडौंबाट भन्दा निकै सस्तो पर्छ ।

तर, एनओसीको झण्झटकै कारण अन्तिम समयमा थुप्रै नेपाली उड्नबाट बञ्चित भएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

१५ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको