रोल्पाका घर्ती मगरलाई छुरा प्रहार गरी हत्या


मंसिर १४, दाङ ।  दाङको घोराहीमा विहिबार बेलुका एक जना हार्डवेयर व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडि गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ बर्षिय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको हो ।

त्यहाँ घर्तीलाई गम्भिर घाईते अबस्थामा स्थानियले फेला पारेपछि अस्पताल पु-याईएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा घर्तीको शरिरमा प्रहार भएको चक्कु समेत प्रहरी फेला पारेको छ । घर्तीमगरले घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।

दाङका प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेका अनुसार छुरा प्रहारबाट गम्भिर घाईते भएका घर्तीमगरलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पु-याइएको र त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए तुल्सिपुर अनलाइनमा खबर छ ।

विहिबार बेलुका रात पर्नेबेला एक जनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुगभएपछि पसल धनी घर्तीलाई तपाई जमानी बसेपछि पैसा दिन्छ जाउ लिन भनेर लगेर गएको र आधा घण्टामा घटनाका बारेमा स्थानियले खबर गरेको पारिवारीक स्रोतले जनाएको छ । सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्री भएको र उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका व्यक्ति पनि घाईते भएको र घरमा पुगेर रगत लागेको कपडा फेरी सकेको अबस्थमा प्रहरीले पक्राउ गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । घटनालाई गम्भिररुपमा लिदै एसपीकै कमाण्डमा प्रहरी परिचालन गरेर थप अपराधीको खोजी र थप अनुसन्धान भैरहेको उनको भनाई छ ।

व्यवसायीक सुरक्षा दिलाउन माग

यसैविच दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसायीक सुरक्षाको प्रत्याभुती दिलाउन स्थानिय प्रहरी प्रशासन सँग माग गरेको छ ।

घटना पश्चात संघका अध्यक्ष नारायणप्रसाद भुसालले आईतबार बेलुका माडी हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याले आफुहरु निकै दुखी र असुरक्षित भएको बताएका छन ।

शान्ति सुरक्षा सँगै व्यवसायीक सुरक्षालाई भरपर्दो बनाउन स्थानिय प्रहरी प्रशासन सँग उनले  माग गरेका छन । साथै हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न समेत माग गरेका छन ।

१४ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको