यी दुईको उक्साहटमा बिनाको कारण प्रचण्डलाई तनाव


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी बिना मगरका कारण पारिवारिक कलह झन् उत्कर्षमा पुगेको छ ।

‘प्रचण्ड’का छोरा स्वर्गीय साकार दाहाल ‘प्रकाश’को निधन भएको प्रथम वार्षिक श्रद्धाञ्जलि सभा कार्यक्रममा विमोचन गरिएको स्मारिकालाई लिएर खुमलटारभित्र कहल उत्कर्षमा पुगेको हो ।

‘प्रचण्ड’लाई जानकारी नै नदिएर खानेपानी तथा सरसफाइमन्त्री समेत रहेकी कान्छी बुहारी बिना मगरले प्रकाशको स्मारिका छपाएपछि खैलाबैला भएको छ ।

स्मारिकाको विषयमा धेरैले आलोचनात्मक टिकाटिप्पणी गरेका छन् । बिना मगरले नै स्मारिकामा प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठीको नाम हटाउन लगाएकी थिइन् ।

बिनालाई यस्तो गलत सल्लाह दिनेमा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र ‘प्रचण्ड’का प्रेस संयोजक मनहरि तिमिल्सिना रहेको खुलेको छ । ‘दीपशिखा’ र तिमिल्सिना स्वयंले यो कुरा आफू निकटका नेताहरूलाई भन्ने गरेको स्रोतले जनाएको छ ।

ललितपुरको खुमलटारस्थिट ‘प्रचण्ड’को निवासमा श्रद्धाञ्जलि सभा हुनुभन्दा एक दिन अगाडि प्रचण्डले बुहारी बिना मगर, प्रेस संयोजक मनहरि तिमिल्सिना, वाइसिएलका अध्यक्ष दीपशिखासँग क–कसलाई बोलाएको हो भनेर जानकारी लिएका थिए ।

त्यस बेला सबैलाई निम्तो पठाएको भनेर दीपशिखा, सापकोटा र बिनाले जवाफ दिएको स्रोतले जनाएको छ ।

त्यसपछि ‘प्रचण्ड’ले प्रभा बोगटी र उनकी आमा राममाया बोगटीलाई निम्तो पुगेको छ कि छैन भनेर सोधेका थिए । ‘प्रचण्ड’ले आफ्ना प्रेस संयोजक मनहरि तिमिल्सिनालाई तत्काल फोन गरेर खबर गर्न निर्देशन दिएका थिए । प्रभा बोगटीले ‘प्रकाश’को प्रथम श्रद्धाञ्जलि हुँदै छ भनेर जानकारी पाएकी थिइन् । प्रभावले श्रद्धाञ्जिलि सभामा विमोचन गरिने स्मारिका पुस्तकमा आफ्नो चरित्र हत्या हुने गरेर ‘प्रचण्ड’कै नाममा लेख आउँदै छ भन्ने सूचना पनि पाएकी थिइन् ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा प्रभाव र उनकी आमा राममाया बोगटी आएनन् । अपमान हुने कार्यक्रममा उनीहरू नआएका हुन् । प्रभाव बोगटीले नयाँ दाम्पत्य जीवनको शुरुवात गरिसकेकी छिन् । व्यक्तिगत जीवनमा दख्ल पुग्ने गरेर कितावमा कुरा आएपछि प्रभाव चिन्तित बनेकी छिन् ।

‘प्रचण्ड’ले आफ्नो छोरा प्रकाशको श्रद्धाञ्जलि कार्यक्रममा विमोचन हुने कार्यक्रमको स्मारिका कितावमा यति ठूला ठूला त्रुटि होला भने सोँचेका थिएनन् । गलत रिपोर्टिङ र बिना मगरलाई धेरै विश्वास गर्दा स्मारिकाले प्रचण्डको चित्त दुखाएको एक नेताले बताए ।

वाइसिएलका अध्यक्ष ‘दीपशिखा’को उक्साहटमा बिना मगरले स्मारिकामा प्रभावको चरित्र हत्या हुने गरेर ‘प्रकाशलाई पहिलो पत्नीले शारीरिक सम्पर्क गर्न नदिएपछि रक्सीको तलमा लागेको’ भनेर वाक्यांश राखिएको स्रोतले जनाएको छ ।

तिमिल्सिना र ‘दीपशिखा’को यो हर्कतबाट ‘प्रचण्ड’सहित धेरै पूर्वमाओवादीका नेताहरूले चित्त दुःखाएको खुमलटारतिर चर्चा हुने गरेको छ । बिना मगरले स्मारिकालाई सुटुक्क छपाएकी हुन् । यो काममा बिना मगरलाई ‘दीपशिखा’ले नै सहयोग गरेका थिए ।

रिपब्लिका दैनिक

१४ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको