बेल्जियममा तमुधीं बेल्जियमको प्रथम अधिवेशन सम्पन्न


 

सेरबहादुर छन्त्याल/२८ अक्टोवर २०१८ । आइतवारकाका दिन बेल्जियमको एन्टवेर्पेन शहरमा तमुधीं बेल्जियमको प्रथम अधिवेशन सम्पन्न भयो । पहिचानको आधारमा स्वायत्तता सहितको संघियता र तमुवान स्वायत्त राज्यको स्थापनाको लागि हाम्रो ऐक्यवद्धता भन्ने मूल नारामा बेल्जियममा रहेका सचेत तमुहरुले गतबर्ष नविन तमुको संयोजकत्वमा गठन गरिएको तदर्थ समितीले तमुधीं बेल्जियमको प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

तमुधीं बेल्जियमका संयोजक नविन तमुको अध्यक्षतामा सम्पन्न अधिवेशनको नविन तमु, नेपाली राजदुतावासका द्धित्तिय सचिव भोजराज भुषाल र तमुधींका सल्लाहकार तथा जेष्ठ नागरिक रामबहादुर तमुले मैनबत्ती बालेर उद्घाटन गरेका थिए ।

उक्त अधिवेशनमा संयुक्त किरात समाजका महासचिव माकुना राइ,पासपुचका अध्यक्ष भिम जोशी, मगर राष्टिृय मुक्ति मोर्चाका यूरोप इन्चार्ज बिरमान घर्तीमगर, तमु राष्टिृय मुक्ती मोर्चाका केन्द्रिय सदस्य गमबहादुर गुरुङ्ग, जनप्रगतीशील मंचका अध्यक्ष जीत लामा, नेपाली जनसम्पर्क समितीका अध्यक्ष सिता सापकोटा, प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बोधराज पौडेल, नेपाली जनप्रगतीशील मोर्चाका अध्यक्ष मेख तमु, प्रवासी नेपाली मंच युरोपका केन्द्रिय प्रतिनिधी नारायण अधिकारी, नेपाली जनप्रगतीशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, पासा पुच बेल्जियमका अध्यक्ष रोशन जोशी, काश्की समाज बेल्जियमका डिल्ली भण्डारी, पुर्वेली समाज बेल्जियमका अध्यक्ष अनन्त वस्ति, इन्द्र धनुश क्लबका अध्यक्ष मिण्ड गुरुङ्ग, सिक्लेष पार्चे कल्याण कोषका सचिव जित बहादुर गुरुङ्ग(विजय माइला), मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक, व्यवसायी संघ बेल्जियमका अध्यक्ष चेत नारायण भट्ट, एनआरएन बेल्जियमका प्रतिनिधी गोपाल दाहाल लगायतले आफ्नो मन्तव्यमार्फत अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । बोल्ने बक्ताहरु अधिकांसले तमुधीं, बेल्जियम संग हरेक गतिविधीमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

उक्त अधिवेशनको बन्द सत्रले संगठनको निती नियम पारित गर्दै नविन तमुको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्माण गरेको छ । उक्त समितिमा बरिष्ठ उपाध्यक्षमा प्रविणा तमु , उपाध्यक्ष मनिषजंग तमु, उपाध्यक्ष पम्फा तमु , महासचिव गडुलध्वज तमु, सचिवमा प्रज्ञा तमु, कोषाध्यक्षमा अन्जना तमु, सह-कोषाध्यक्षमा शुष्मा तमु, सदस्यहरुमा प्रभा तमु, गजेन्द्र तमु, आशबहादुर तमु रहेका छन् । उक्त अधिवेशनमा भोज बहादुर गुरुङ्गद्धारा निर्देशित तमु भाषी चलचित्र मैरिमोको प्रदर्शन गरिएको थियो । अधिवेशन कार्यक्रमको संचालन संस्थाका महासचिव गडुलध्वज तुमुले गरेका थिए ।

 

२०७५ कार्तिक १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको