चौरजहारी नगरले गर्‍यो बजार अनुगमन, म्याद गएका समान भेटिए (फोटोफिचर)


ज्ञानु गौतम/कात्तिक १३, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर उप प्रमुख राधा रोकाको नेतृत्वमा मंगलबार देखि बजार अनुगमन कार्य सुरु गरेको छ ।

व्यवसाय दर्ता नै नगरी व्यवसाय गरेको, कर छलि, होडिङ वोर्ड नराखिएको, मदिरा एवम् अन्य अखाद्य पदार्थ खाद्य पदार्थसँगै राखि बिक्रि वितरण गरिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था नाजुक रहेको, मूल्य सूची नराखिएको जस्ता समस्या व्यापक रुपमा पाईएको छ ।

अनुगमणको पहिलो दिन आज (मंगलबार) पुरानो वजार, न्युरोड र वसपार्क आसपासका फलफुल, खाद्यकिराना गल्ला हार्डवयर कस्टमेटिक र मदिरा पसलहरुको अनुगमण गरीएको छ ।

अनुगमणको क्रममा वजारमा चाउचाउ, तेल, आईसक्रिम, दालमोट, म्याद गएका समान फेला परेको संयोजक राधा रोकाले वताउनुभयो । नगरपालिका उपप्रमुख राधा रोकाको संयोजकमा गरिएको वजार अनुगमनमा नगरपालिका निमित्त प्रमुख प्रशाशकिय अधिकृत तारा वहादुर कुंवर उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम गहतराज नगर स्वास्थ्य सयोजक अकविर घर्ति, नगर पशुसेवा, नगर कृषि कार्यालय जनप्रतिनिधि नेपाल प्रहरी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

स्याउली वजार नाखिरा नयाँ वजार र त्रिवेणी वजारमा अनुगमण गरीने वताईएको छ । पहिलो दिनको अनुगमन भएकाले दिन भित्र सबै कार्यगरी सक्न निर्देशन दिईएको छ । बजार अनुगमनको कार्यमा सहयोग गर्नु हुने उपभोक्ता, व्यापारी, कर्मचारी, पदाधिकारी, सुरक्षाकर्मी पत्रकार लगायत सबैमा नगरपालिकाले धन्यवाद दिएको छ ।

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको