पुर्व एमाले-माओबादीका जिल्ला सदस्यसहित ३५ नेता-कार्यकर्ता नेकपामा प्रवेश


कात्तिक १३, कंचनपुर । संसदीय व्यवस्थाको अन्त गर्दै वैज्ञानिक राज्य सत्ताको स्थापनाका लागि संघर्षरत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कन्चनपुर जिल्लामा संगठन विस्तार र धुर्विकरण अभियान व्यापक रुपमा संचालन गरीरहेको छ ।

संगठन विस्तार र क्रान्तिकारी राजनैतीक धुर्विकरण कार्यक्रम अन्तर्गत कन्चनपुरको वेल्डाँडीमा सम्पन्न भएको छ । कार्यक्रममा पुर्व माओवादी केन्द्रका जिल्ला सदस्य आन सिंह महरा’ अथक’, धर्म सिंह ऐर’ मुक्ति’, दिल व.टमाटा, गिरी सुनार, लाल व.सिंह, लक्ष्मण व.सिंह, शोभा राना लगायतका ३५ जना पुर्व माओवादी केन्द्र र पुर्व एमालेका नेता, कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

राम व.सिंहको अध्यक्षतामा आयोजना गरीएको सो कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा महाकाली व्युरो ईन्चार्ज राप्ती, जिल्ला ईन्चार्ज अग्नि, सेक्रेटरी परीवर्तन, जनपरीषद प्रमुख विर सिं. सुनार अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य राप्तीले, प्रचण्ड-बाबुरामहरुका बेईमानी र गद्दारीका कारणले अलपत्र परेको जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार आफुहरुले पुरा गर्दै स्वाधिन जनगणतन्त्र नेपाल स्थापना गर्ने बताए ।

उनले अगाडी भने- ‘जनताका समस्या हल गर्नुको साटो वर्तमान के.पी.-प्रचण्ड मण्डलीको सरकारले उल्टै समस्या बढाईदिएका कारण असफल भईसकेका छन्, संसदीय व्यवस्था जनताको हितमा हुन सक्दैन, जसको विकल्प निर्विवाद वैज्ञानिक समाजवाद मात्र हो ।,’

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको