जापानको तोकाईमा भव्य देउँसी भैलो कार्यक्रम हुने


  • लक्षमण घर्ति

कार्तिक १३, जापान । जापानको तोकाई क्षेत्र अन्तर्गत टोयाटा शी मा तिहारको बिशेष अवसर पारेर भव्य देउँसी भैलो कार्यक्रम हुने भएको छ । सदाझैँ नेपाल मगर संघ जापानको तोकाई क्षेत्रिय समितिको आयोजनामा उक्त “वृहत देउँसी भैलो कार्यक्रम”को आयोजना गरीएको अध्यक्ष विकास राना मगरले बताएका छन । अध्यक्षका अनुसार टोयोटा शहरको को पोखरा रेष्टुरेण्टमा कार्यक्रम हुने छ र त्यसको सबै तयारी पुरा भईसकेको छ । साथै टोयोटा रेलस्टेशन बाट गाडीमा ५/६ मिनेट लाग्ने भएकोले टाढाबाट आउने आगन्तुकहरूको लागी गाडीको व्यवस्था पनि गरीएको छ ।
कार्यक्रम गर्ने स्थल भने जस्तो खुला खालको नभेटिएको कारण प्रचारप्रसारमा ढिला हुन पुगेको उपाध्यक्ष धनसिङ् बुढा मगर ले पोष्टपाटीलाई सुनाए ।

त्यस्तै गरी साँस्कृतिक प्रमुख श्याम घर्ति मगरका अनुसार तिहार मगरहरूको मौलिक पर्व मात्रै नभएर अधिकांश हिन्दु नेपालीहरूले महान पर्वको रुपमा मनाउँने गरेको हुनाले तोकाई क्षेत्रका मगर तथा गैर मगर नेपालीहरूको बाक्लो आगमन हुने विश्वास व्यक्त गरेका छन । र कार्यक्रममा देउँसी भैलो सँगै विभिन्न मगर कलाकारहरूबाट सांगीतिक प्रस्तुति पनि हुने कुरा घर्तिले सुनाए । उनले थपे – कम्तिमा १/२ सय मान्छेको उपस्थित हुन्छ । र व्यवस्थापन पनि त्यै अनुसारले अघि बढ़ाएका छौँ । साथै कार्यक्रममा तोकाई क्षेत्रका सबै संघ संस्थाका अध्यक्ष ज्यूहरूलाई अतिथिको लागी निमन्त्रणा पत्र तयार पारीसकेको र एकदुईदिन भित्रैमा सबैलाई पठाउँने सचिव याम पाईजा मगरले जानकारी दिएका छन ।

तिहार मगरहरूले पनि धुमधाम सँग मनाउनुको कारण आफुहरू हिन्दु भएर मनाईएको नभई उहिले मगरहरूको पुर्खा वलिहाङ् राजाको जीबन रक्षाको लागी मगरहरूले औँसीको रातमा पनि झलमल्ल दिप प्रज्वलन गरेर रात बिताएको दिनलाई पर्वको रुपमा मनाउँदै आईएको कुरा मगर इतिहाँस बारेका जानकारहरूको भनाई छ । त्यसैकारण नेपाल लगायत विश्वको विभिन्न देशमा रहेका मगर तथा मगर संघहरूले तिहार लाई बिशेष रुपमा मनाउँदै आएका छन ।

२०७५ कार्तिक १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको