ब्राजिलमा बोल्सोनारुको जितले दिएको सन्देश


ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र-दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन्।

लगभग सबै मतगणना भइसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पोल्टामा चाहिँ ४५ प्रतिशत मत परेको छ।

चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका थिए। चुनावी अभियान एकदमै विभाजनकारी देखिएको थियो। दुवै पक्षले अर्को पक्ष विजयी भए ब्राजिल ध्वस्त हुने तर्क गरेका थिए।

पूर्वसैनिक अधिकारी बोल्सोनारुले विगतमा सैनिक शासनताका ब्राजिल राम्रो भएको चर्चा गर्ने गरेका छन्। बोल्सोनारुका विपक्षीहरूले चाहिँ उनी ब्राजिलको लोकतन्त्रका निम्ति खतरा भएको तर्क गरेका छन्।

वर्तमान राष्ट्रपति मिशेल टेमेरलाई प्रतिस्थापित गर्दै बोल्सोनारुले सन् २०१९ को जनवरीमा पद तथा गोपनीयताको शपथ लिनेछन्। आफ्नो लोकप्रियता दुई प्रतिशतमा सीमित भएको अवस्थामा टेमेर पदबाट बाहिरिँदै छन्।

सत्तामा रहेको वामपन्थीको हार र दक्षिणपन्थीको जीतले ब्राजिलमा धेरै प्रश्नहरु जन्माएको छ । संसदीय व्यवस्था मार्फत् नै समाजवादको निर्माण गर्ने भनेर केही समयदेखि सत्ता सम्हाल्दै आएका वामपन्थीहरुलाई त्यहाँका जनताले पत्याएको देखिएन ।

जनताको भोट मागेर समाजवादको निर्माण गरिने भन्ने वर्ग केवल निम्न पुँजीपति वर्गमात्र भएको र त्यो मजदुर वर्गसम्म पनि नभएको बहस ब्राजिलियन जनतामा प्रारम्भ भएको छ ।

निर्वाचनका बखत वामपन्थी उम्मेदवार हड्डाडले यदि दक्षिणपन्थीहरुले विजय हासिल गरेमा ब्राजिल ध्वस्त हुने र दक्षिणपन्थी नेता बोल्सोनारोले यदि वामपन्थीले जितेमा ब्राजिल भिखमंगामा परिणत हुने दावा गर्दै आएका थिए ।

आश्चर्यको कुरा त के पनि रहेको छ भने वामपन्थीहरुले शासन गर्दै आएको राज्यमा दक्षिणपन्थीहरुको जीत भएको छ, त्यो पनि दक्षिणपन्थी नेता बोल्सोनारोले नवसम्भ्रान्त वाम भ्रस्टाचारीहरुमाथि कार्वाही गरिने र ब्राजिलको आर्थिक उन्नति गरिने भन्ने नारा दिएर । बोल्सोनारोले दिएका यी नाराहरु दक्षिणपन्थीहरुको तर्फकाट जनताले अपेक्षा गरेका नाराहरु होइनन् ।

भ्रस्टाचारको अन्त्य, सुशासन, दीगो विकास, शान्ति र समृद्धि त वास्तवमा वामपन्थी नाराहरु हुन् ।

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको