जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल


कात्तिक १३, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जलेबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ ।

प्रहरीले सोही हत्या अभियोग लागेका तीन जनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका गतिविधि सञ्चालन गरेको खुलेको हो ।

पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ ।

बस्नेत समूहबाट फोन आउयन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

उनीहरुको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो ।

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको