क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?


कात्तिक १३, काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो ।

पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो ।

विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् । यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको