रोल्पामा जनमोर्चाले गर्यो संघियता र कर वृद्धिको विरोधमा वृहत सभा (फोटोफिचर)


असाेज १४, राेल्पा । संघिएता चहिदैन कर वृद्धि गर्न पाइदैन भन्ने मुल नाराका साथ राष्टिय जनमोर्चा रोल्पाले सुलिचौरमा विरोध सभा सम्पन्न गरेको छ ।

सुलिन स्मृती गाउँपालीका ४ सुलिचौरमा विभिन्न राष्टिय तथा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथीमा राष्टिय जनमोर्चा केन्द्रिय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली रहनु भएको थियो । अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सचिव विरबहादुर पुनको विषेश आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अन्य अतिथीहरुमा अखिल नेपाल युवक संघका केन्द्रिय सल्लाहकार जितामित्र सुनार, संघियता विरुद्ध रोल्पा जिल्ला अभियानका संयोजक हस्तमणि पुन, राजमो प्युठान जिल्ला सदस्य एवं स्वर्गद्धारी नगरपालीकाका २ का वडा अध्यक्ष मिनराज राणा, प्युठानका जिल्ला सदस्य तथा स्वर्गद्धारी नगरपालीका ६ का वडा अध्यक्ष गिरबहादुर गुरुङ, वडा नं. ८ का वडा अध्यक्ष खोपबहादुर रावत, जातिय समता समाजका जिल्ला अध्यक्ष भागिराम विक, अखिल छौठौका जिल्ला अध्यक्ष खगिन्द्रा विष्ट लगाएतको आतिथ्यता रहेको थियो ।

राष्टिय जनमोर्चा जिल्ला अध्यक्ष मेघनाथ विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम अवसरमा स्वागत मन्तब्य क्षेत्र नं. १ का क्षेत्रिय अध्यक्ष खिमलाल विष्टले दिनुभएको थियो ।

कार्यक्रमको संचालन जिल्ला सचिव डम्बर खड्काले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा वोल्दै प्रमुख अतिथी नेपालीले देशमा हत्या, हिंसा, लुटपात बढ्दै गइरहदा पनि नेपालको कानुन कार्यन्वयन गराउने प्रहरी प्रशासन नै मौन रहेको आरोप लगाइएको छ ।

यस संगै कर वृद्धि हुनुमा संघिएता मुल कारक तत्व भएकाले भारतको इरासामा आएको यो संघिएता नेपालमा नहटे सम्म नेपालको विकाश नहुने प्रतिकृया दिनुभएको छ ।

१४ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको